कोरोनाको सङ्क्रमण विश्वका २०३ देशमा फैलियो, ३० हजार बढीको मृत्यु, ६ लाख बढीमा सङ्क्रमण

कोरोनाको सङ्क्रमण विश्वका २०३ देशमा फैलियो, ३० हजार बढीको मृत्यु, ६ लाख बढीमा सङ्क्रमण पुष्टी

काठमाडौं, चैत्र १७ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेकाले संयुक्त राज्य अमेरिकाभर सामाजिक दूरी कायम गर्ने लगायतका कोरोनासँग सम्बद्ध सबै प्रतिबन्ध आगामी ३० अप्रिलसम्म थप गर्ने बताउनु भएको छ । आगामी दुई हप्तामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च विन्दुमा पुग्ने अनुमान गर्दै प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरिएको हो । कोरोना भाइरस […]

Continue Reading
लकडाउन ऐतिहासिक रुपमा स्वच्छ बन्यो काठमाडौं

लकडाउन : ऐतिहासिक रुपमा स्वच्छ बन्यो काठमाडौं

काठमाडौं – कोरोना भाइरसको संक्रमण रोक्न गत मंगलबारदेखि देश लकडाउनमा छ। यसले घरभित्रै बस्नुपर्दा जनजीवन कष्टकर र चुनौतीपूर्ण बन्दै गएको छ। तर यो असहज परिस्थितिले राजधानी काठमाडौंको वायुको गुणस्तरमा भने ऐतिहासिक सुधारको मौका दिएको छ । सधैंजसो प्रदूषणको सरदर स्तर जनस्वास्थका लागि हानिकारक भइरहने राजधानी हिजोआज ऐतिहासिक रुपमा स्वच्छ भएको छ, वायु प्रदूषण ह्वात्तै घटेको […]

Continue Reading
नायिका शिखा मल्होत्राले सुरु गरिन् नर्सको ‘ड्युटी’

नायिका शिखा मल्होत्राले सुरु गरिन् नर्सको ‘ड्युटी’: मुम्बईको अस्पतालमा गरिरहेकी छिन् बिरामीको उपचार

भारतमा कोरोनाभाइरससँग लड्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउनको घोषणा गरेका छन् । समाजका विभिन्न वर्गसँग जोडिएका मानिसहरु पनि कोरोनाभाइरससँग लड्न अघि बढेका छन् । कतिले गरिबलाई खाना बाँडिरहेका छन् भने कतिले आर्थिक सहयोग गरिरहेका छन् । यस्तै बलिउड नायिका शिखा मल्होत्रा पनि बिरामीहरुको सहयोगका लागि अघि सरेकी छिन् । शिखाले आफू बलिउडमा […]

Continue Reading
युवा स्टार जाडोन सान्चोलाई बेच्न डर्टमन्ड तयार

युवा स्टार जाडोन सान्चोलाई बेच्न डर्टमन्ड तयार

युवा स्टार जाडोन सान्चोलाई बेच्न जर्मन क्लब बोरुसिया डर्टमन्ड तयार भएको छ । डर्टमन्डले इङ्ल्यान्डका स्टार सान्चोको मुल्य एक सय पाउन्ड समेत तोकेको छ । सन् २०१७ मा इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्ड पुगेका २० बर्षीय सान्चोले जर्मनमा उत्कृष्ट फुटबल खेलिरहेका छन् । उनी इङ्ल्यान्ड राष्ट्रि«य टोलीमा समेत खेलाडी हुन् । युवा स्टारका रुपमा उदाएका […]

Continue Reading
सबैको एउटै प्रश्न इटालीमा मृत्यु दर बढी किन

सबैको एउटै प्रश्न : इटालीमा मृत्यु दर बढी किन ?

जब मिलान निवासी एन्टोनिया मार्टेन्सनलाई कार चलाइरहेको बेला प्रहरीले रोके, उनले कुनै ट्राफिक नियम उल्लङ्घन गरेकी थिइनन् । प्रहरीले उनलाई उनीसँगै यात्रा गरिरहेका यात्रुलाई पछाडीको सिटमा बस्न निर्देशन दिन र दुवैले मास्क लगाएको छ कि छैन भनेर जाँच गर्नका लागि रोकेका थिए । ‘हामीलाई प्रहरीले दुवैजना एकै पटक कारको फ्रन्ट सिटमा बस्न नमिल्ने भन्यो,’ सीएनएनकी […]

Continue Reading
चौथो पटक पनि ‘पोजिटिभ’ आयो कनिकाको परीक्षण,

चौथो पटक पनि ‘पोजिटिभ’ आयो कनिकाको परीक्षण, चिन्तित परिवारका सदस्यले भने, ‘हामी प्रार्थना मात्रै गर्न सक्छौं’

बलिउड गायिका कनिका कपुरको कोरोनाभाइरसको परीक्षण चौथो पटक पनि ‘पोजिटिभ’ आएको छ । यसका कारण उनको परिवारका सदस्यको चिन्ता बढेको छ । उनको परिवारको एक सदस्यले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हामी परीक्षणको रिपोर्टका कारण चिन्तित छौं । यस्तो लागिरहेको छ कि कनिकाको शरीरले उपचारको विधि स्विकारिरहेको छैन । अर्कोतर्फ हामी उनको थप उपचारका लागि […]

Continue Reading
विज्ञानको आँखाबाट नियाल्दा यस्तो पो रहेछ कोरोनाभाइरसको नालीबेली !

विज्ञानको आँखाबाट नियाल्दा यस्तो पो रहेछ कोरोनाभाइरसको नालीबेली !

ओहो ! आजको मितिसम्ममा विश्वमा कोरोनाबाट संक्रमितको सङ्ख्या झण्डै ७ लाख पुग्न लागिसक्यो । हताहती पनि अब ३० हजार नाघिसक्यो । नेपालमा अहिलेसम्म कसैको पनि हताहती नभए पनि ५ जना बिदेशबाट फर्किएका नेपालीहरु संक्रमित भएकाले कहिँ चीन, युरोप र अमेरिकामा जस्तै निकट दिनहरुमा नेपाल पनि त्यस्तै त हुने होइन भनी हामी त्राहिमाम भएको स्थिति हो […]

Continue Reading
अबदेखि संक्रमण रोग ऐनको दफा बमोजिम क्वारेन्टाइनमा नबस्नेलाई कैद सजाय

अबदेखि संक्रमण रोग ऐनको दफा बमोजिम क्वारेन्टाइनमा नबस्नेलाई कैद सजाय

काठमाडौ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न कडा नीति अख्तियार गरेको छ । त्यसका लागि सरकारले शंकास्पद व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भएको छ । अहिले कतिपय मानिसहरु क्वारेन्टाइनमा बस्न नमानेको भन्दै सरकारले क्वारेन्टाइन संक्रमण रोग ऐन आकर्सित गरेर त्यस्ता व्यक्तिलाई कैद सजाय समेत गर्ने भएको छ । पछिल्लो समय कतिपय मानिसहरु क्वारेन्टाइनमा […]

Continue Reading
गाडी नचल्दासम्म बैंक किस्ता स्थागन गर्न यातायात व्यवसायीको माग

गाडी नचल्दासम्म बैंक किस्ता स्थागन गर्न यातायात व्यवसायीको माग

काठमाडौं । कोरना भाइरसको कारण उत्पन्न आर्थिक संकटका कारण  विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋणको किस्ता तिर्न समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन् । उनीहरुले मासिक बैंक किस्ता नियमित रुपमा बुझाउन नबुझाउँदा बैंक ब्याजमा समेत वृद्धि हुँदै जाने भएकाले अहिलेको परिस्थितिमा मासिक बैंक किस्ता अनिवार्य नगरी ब्याज लगायतको हर्जनालाई पूर्ण छुट गर्न माग […]

Continue Reading
बढीमा १४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

बढीमा १४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकलेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो। आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय […]

Continue Reading