सोमबार नेप्से ४.२८ अंकले बढ्दा ९३ करोड २० लाखको कारोबार

सोमबार नेप्से ४.२८ अंकले बढ्दा ९३ करोड २० लाखको कारोबार

अर्थतन्त्र

Sharing is caring!

काठमाडौंः सोमवार शेयरबजार नेप्से ४.२८ अंकले बढ्दा परिसूचक १३२४.२६ विन्दुमा पुगेर बन्द भएको छ ।

बढेर बन्द भएको बजारमा कारोबार रकम भने अघिल्लो दिनभन्दा घटेको छ । सोमबार १ हजार ३२० दशमलव ७७ विन्दुबाट शुरु भएको कारोबारको पहिलो घण्टामा घटेर १ हजार ३१५ दशमलव ५९ को विन्दुसम्म झरेको थियो । त्यसपछि भने नेप्से परिसूचक उकालो लागेको थियो । गत कारोबार दिनको तुलनामा सोमवार नेप्से परिसूचक शून्य दशमलव ३२ प्रतिशत बढेको छ ।

सोमवार कारोबारमा आएका १२ समूहका परिसूचकमध्ये जलविद्युत, वित्त, जीवन बीमा र म्युचुअल फन्ड समूहबाहेक बाँकी सबै समूहको परिसूचक उकालो लागेको छ । कारोबार अवधिभर लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ३८ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव २३ प्रतिशत बढेको छ । उक्त समूहलगायत व्यापार र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा बढेर बन्द भएको छ । बैंकिङ, होटल, विकास बैंक, र ‘अन्य’ समूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेको छ ।

जलविद्युत, वित्त, जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेको छ । सोमवार ९३ करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ९३ प्रतिशत घटेको हो । आइतवार ९५ करोड ४ लाखभन्दा बढीको कारोबार भएको थियो । सोमबार सेन्सेटिभ इन्डेक्स ०.५७ अंक बढेर २८१.६२ विन्दुमा पुगेर बन्द भएको छ । सोमवारको कारोबारमा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक बढेको छ भने एभरेष्ट बैंकको प्रिफेरेन्स शेयर (अग्राधिकार शेयर) को शेयर मूल्य सर्वाधिक घटेको छ । सिभिल बैंकको शेयरमूल्य ८.१० प्रतिशत बढेर अन्तिम शेयरमूल्य १ हजार ८१ मा बन्द भएको छ । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६ दशमलव शून्य ८ प्रतिशत बढेको छ ।

यस्तै शेयरमूल्य घटेर कारोबार हुनेमा एभरेष्ट बैंकको अग्राधिकार शेयरको शेयरमूल्य ७ दशमलव ३६ प्रतिशत घटेको छ । कम्पनीको अन्तिम शेयरमूल्य ५६६ कायम रहेको छ । सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्यमा ६ दशमलव ३९ प्रतिशत कमी आउँदा कम्पनीको अन्तिम शेयरमूल्य ९८१ कायम रहेको छ । सोमवार शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको २ लाख ५१ हजार ६२ कित्ता शेयरको खरीदविक्री हुँदा १३ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता ५४४ कायम भएको छ । कारोबार रकमकै आधारमा दोस्रोमा नागरिक लगानी कोषको ४ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *