बुधबार नेप्से सूचक ७.०५ अंकले घट्दा १ अर्ब ५८ करोड बढीको कारोबार

अर्थतन्त्र

Sharing is caring!

काठमाडौंः बुधबार शेयरबजार परिसूचक नेप्से ७.०५ अंकले घटेर परिसूचक १३१३.४२ अंकमा पुगेको छ ।

१ सय ७८ कम्पनीका ४९ लाख १४ हजार ४ सय ३७ कित्ताशेयर १५ हजार ५ सय ८ पटकको कारोबारबाट १ अर्ब ५८ करोड १३ लाख ८१ हजार ३ सय ६४ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१३ अंकले घटेर २८२.३० अंकमा पुगेर बन्द भएको छ ।

बुधबार जीवन बीमा समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । जीवन बीमा समूहको परिसूचक १६२.७४ अंकले उकालो लागेको हो । होटल समूह २३.६७, उत्पादन तथा प्रशोधन २३.५८, निर्जीवन बीमा २३.०५, विकास बैंक ७.७२, जलविद्युत १५.९३, व्यापार ११.१३, लघुवित्त १०.३६, बैंकिङ ८.६१, अन्य ५.९४, वित्त समूह १.९४ र म्युचुअल फण्ड समूह ०.०६ अंकले ओरालो लागेको छ ।

सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ६१ करोड १२ लाख २८ हजार ७ सय ४६ रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार एशियन लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाउँदा पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *