ह्वातै बढयो सुनको भाउ, आज यस्तो छ तोलामा

ह्वातै बढयो सुनको भाउ, आज यस्तो छ तोलामा

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं । सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जनाएको छ । जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो । यससँगै,  चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *