मकवानपुर घरजग्गा व्यासायी संघद्वारा प्रशासन र उपमहानगरपालिकाको ध्यानाकर्षण

मकवानपुर घरजग्गा व्यासायी संघद्वारा प्रशासन र उपमहानगरपालिकाको ध्यानाकर्षण

अर्थतन्त्र

Sharing is caring!

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले जग्गा वर्गाीकरणको विषयलाई कार्यन्वयन गर्ने सम्वन्धमा आलटाल गरेको भन्दै मकवानपुर घरजग्गा ब्यवसायी संघले हेटौँडा उपमहानगरपालिकामा तालाबन्दी गर्ने सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।

संघले आज जिल्ला प्रशासन कार्यालयमा कार्यक्रमबारे जानकारी गराउँदै पटक–पटक मौखिक जानकारी गराउँदा समेत उपमहानगरपालिकाले वेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अनुसार कार्तिक २३ गते हेटौँडा उपमहानगरपालिका परिषरमा प्लेकार्ड सहितको धर्ना, उपमहानगरपालिकाको मुख्य गेटमा तालाबन्दी, २५ गते नगर प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी र २७ गते हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण सेवा ठप्प पार्ने कार्यक्रम तय गरिएको संघका मकवानपुर अध्यक्ष विष्णुप्रसाद घिमिरे ध्रुब ले जानकारी दिए ।


आफुहरुले सरकारले दिएको अधिकारलाई स्थानीय सरकारले कार्यन्वयन गरिदिनुपर्ने माग सहित नगरप्रमुखलाई भेटन जाँदा अभद्र ब्यवहार गरिएको कारण वाध्य भएर संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको घिमिरेको भनाई छ । संघले आजै हेटौँडा उपमहानगरपालिमा पुगेर ध्यानाकर्षण पत्र समेत दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *