युएईविरुद्ध अर्जेन्टिनाको फराकिलो जित – OSNepal

युएईविरुद्ध अर्जेन्टिनाको फराकिलो जित – OSNepal

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, १ मंसिर-कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक उक गोल गरे ।

खचाखच दर्शकले भरिएको मैदानमा अर्जेन्टिनाले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा एक गोल थप गरेको थियो । खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले खेलाडी पूर्ण रुपमा फिट नभएको र केहि खेलाडी परिवर्तन हुने पक्का रहेको बताएका छन् ।

अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूह सी मा अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *