कतार विश्वकपको आफ्नो पहिलो खेलमा अमेरिका र वेल्सले अंक बाढे – OSNepal

कतार विश्वकपको आफ्नो पहिलो खेलमा अमेरिका र वेल्सले अंक बाढे – OSNepal

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, ६ मंसिर -कतार विश्वकपको आफ्नो पहिलो खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । सोमबार राति अहमद बिन अलि मैदानमा अंक बाढेसँगै समूह बी मा सबै टोलीले एक एक खेल पूरा गरेका छन् ।

इङ्ल्यान्ड तीन अंक सहित शीर्षस्थानमा छ । उसले इरानलाई ६–२ अन्तरले सोमबार नै पराजित गरेको थियो । वेल्स र अमेरिकाको एक एक अंक रहँदा इरान बिना अंक पुछारमा छ ।

यस अघि खेलको ३६औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको अमेरिका दोस्रो हाफमा गोल बेहोर्न पुगेको थियो । बेलले ८२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै टोलीको हार टारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *