अवे मैदानमा इटालीको कमब्याक जित

Football Khabar » अवे मैदानमा इटालीको कमब्याक जित

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, मंसिर १

कतार विश्वकप सुरु हुनुअघिको मैत्रीपूर्ण खेलमा इटालीले अल्बानियालाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । गत राति भएको खेलमा पाहुना टोली इटालीले अल्बानियाविरुद्ध १–३ को कमब्याक जित निकालेको हो । अल्बानिया र इटाली दुवै कतार विश्वकपमा छनौट हुन नसकेका देश हुन् । इटाली लगातार दोस्रोपटक विश्वकप बाहिर भएको छ । अल्बानिया पनि विश्वकपमा छनौट हुन नसकेको टिम हो ।

आफ्नो घरमा अल्बानियाले युरोपको एक बलियो टिमविरुद्ध १९ पटक सट प्रहार गरेर ७ वटा अन टार्गेट हाने पनि हार पन्छाउन सकेन । इटालीको जितमा भिनकेन्जो ग्रिफोले २ गोल गरेर टिमको जितमा योगदन दिए । खेलमा अल्बानियाले पहिला अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा उसले त्यसपछि लगातार ३ गोल खाएको थियो । अल्बानियाका लागि खेलको १६औं मिनेटमा अर्डियान इस्माइजिलले गोल गरेरका थिए ।

तर, त्यसपछि इटालीले उत्कृष्ट कमब्याक गर्न सफल भयो । उसका लागि २०औं मिनेटमा जिओभानी डि लोरेन्जोले बराबरी गोल गर्दा त्यसपछि २ वटै गोल ग्रिफोले गरे । ग्रिफोले २५औं मिनेटमै टिमका लागि दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाउँदा उनले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल इटालीले १–३ ले जित्यो । यस खेलमा इटालीले ६६ प्रतिशत बल पकडा राख्दा १३ पटक सट हानेकोमा ५ वटा अन टार्गेट थिए ।


प्रकाशित मिति १ मंसिर २०७९, बिहीबार ०८:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *