चिलीमाथि पोल्यान्डको कठिन जित : मेक्सिको पराजित

Football Khabar » चिलीमाथि पोल्यान्डको कठिन जित : मेक्सिको पराजित

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, मंसिर १

कतार विश्वकपअघिको तयारी खेलमा पोल्यान्डले साँघुरो जित निकालेको छ । विश्वकपको तयारीमा रहेको युरोपियन देश पोल्यान्डले विश्वकपमा छनौट हुन नसकेको दक्षिण अमेरिकी देश चिलीमाथि १–० को साँघुरो जित निकालेको हो । आफ्नो घरेलु मैदानमा पोल्यान्डको जित हुँदा स्टार खेलाडी तथा नियमित कप्तान रोवर्ट लेवानडोस्की भने खेलेका थिएनन् । उनीबिनाकै टिमले चिलीको सामना गरेको थियो ।

खेलको ८४औं मिनेटसम्म कुनै गोल नभएको खेलमा पोल्यान्डका लागि ८५औं मिनेटमा पाइटेकले गोल गरेर घरेलु मैदानमा जित दिलाए । त्यही १ गोल पोल्यान्डको जितमा निर्णाय बन्यो । यस खेलमा चिलीले बल पोजिसनमा भने पोल्यान्डलाई निरीह नै पारेको थियो । चिलीले पोल्यान्डको घरमा ७४ प्रतिशत बल पकडमा राखेर खेलेको थियो । चिलीले ७४२ पास खेल्दा जम्मा ९ पटक सट हानेकोमा ५ वटा अन टार्गेट थिए ।

तर, चिलीले ५ वटा सट अन टार्गेट हान्दा एउटा पनि गोल गर्न सकेन । उता, घरेलु टोली पोल्यान्डले मात्रै २६ प्रतिशत बल पाउँदा चिलीको पोस्टमा ११ पटक सट प्रहार गरेकोमा ७ वटा अन टार्गेट थिए, जसमा १ सट मात्रै गोलमा परिणत भएको थियो । विश्वकपका लागि भनेर रोवर्ट लेवानडोस्कीलाई भने यो खेलमा आराम दिइको थियो ।

विश्वकपको तयारीमा रहेको अर्को देश मेक्सिको भने स्वीडेनसँग पराजित भयो । मेक्सिको विश्वकप खेल्ने तयारीमा छ भने स्वीडेन छनौट नै हुन सकेन । विश्वकपमा मेक्सिको, पोल्यान्ड, अर्जेन्टिना र साउदी अरेबिया एकै समूमा परेका छन् । विश्वकपअघिका तयारी खेलमा यस समूहबाट सबैभन्दा फराकिलो जित अर्जेन्टिनाले निकाल्यो । उसले युएईविरुद्ध ०–५ को जित निकाल्दा साउदी अरेबिया क्रोएसियासँग ०–१ ले पराजित भयो । पोल्यान्डले चिलीलाई १–० ले हराउँदा मेक्सिको भने स्वीडेनसँग १–२ ले पराजित भयो ।

 


प्रकाशित मिति १ मंसिर २०७९, बिहीबार ०७:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *