विश्वकपको तयारी खेलमा ओमानमाथि जर्मनीको कठिन जित

Football Khabar » विश्वकपको तयारी खेलमा ओमानमाथि जर्मनीको कठिन जित

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, मंसिर १

कतार विश्वकपअघिको तयारी खेलमा जर्मनीले कमजोर टिम ओमानमाथि संघर्षपूर्ण जित निकालेको छ । गत राति भएको खेलमा सन् २०१४ को च्याम्पियन जर्मनीले ओमानलई उसकै घरेलु मैदानमा ०–१ को साँघुरो अन्तरमा पराजित गरेको हो । खेलमा जर्मनीले एकपक्षीय पकड राखेर करिब २० पटक गोलका मुभ बनाए पनि उसले १ भन्दा बढी गोल गर्न सकेन । प्रमुख खेलाडी लिएर उत्रिएको जर्मनीले १ मात्रै विजयी गोलका लागि अन्तिम समयसम्म लड्नु परेको थियो ।

फ्रन्ट लाइनमा युवा खेलाडी युसुफा मोउकोको, लिरोए साने र काई हाभर्ट्जका साथमा उत्रिए पनि जर्मनीले विजयी गोलका लागि खेलको ८०औं मिनेटसम्म लड्नु परेको थियो, जहाँ निकलास फुलक्रुगले गोल गरे । र, जर्मनीको जित पक्का गरे । उनको गोलमा अर्का युवा खेलाडी काई हाभर्ट्जले असिस्ट गरेका थिए । विजयी गोलकर्ता निकलस दोस्रो हाफको सुरुआतमै युसुफाको स्थानमा मैदान छिरेका थिए, जसले टिमका लागि विजयी गोल गरे ।

यस खेलमा जर्मनीले ७२ प्रतिशत बल पकडमा राख्दा उसले ओमानको पोस्टमा जम्मा १९ पटक सट प्रहार गरेको थियो, जसमा ७ वटा सट मात्रै अन टार्गेट रहेका थिए । जर्मनीले जम्मा ६३८ सफल पास खेलेको थियो । उता, ओमानले जर्मनीविरुद्ध ७ पटक सट प्रहार गर्दा एकपटक पनि अन टार्गेट सट प्रहार गर्न सकेन । अहिले फिफा वरीयतामा जर्मनी ११औं र ओमान ७५औं स्थानमा रहेको टिम हो । अब यो खेलपछि जर्मनीको अर्को खेल विश्वकपमा हुनेछ ।

 


प्रकाशित मिति १ मंसिर २०७९, बिहीबार ०७:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *