बिश्वकप फुटबलमा अर्जेन्टिनालाई नराम्रो झट्का, साउदी संग पराजित – OSNepal

बिश्वकप फुटबलमा अर्जेन्टिनालाई नराम्रो झट्का, साउदी संग पराजित – OSNepal

अर्थतन्त्र

Sharing is caring!

बिश्वकप फुटबलमा अर्जेन्टिनाले नराम्रो झट्का ब्यहोरेको छ । साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । साउदीले अर्जेन्टिना माथि २–१ गोलको जित निकालेको हो ।

पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिए पनि त्यसलाई लामो समय सम्म टिकाउन सकेन । दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्काएको थियो ।

खेलको ४८ औँ मिनेटमा सालेह अलसेहरीले बराबरी गोल गरे । ५३ औँ मिनेटमा सलेम अलदावसरीले गोल गर्दै साउदीलाई सुखद जित निकाल्न सहयोग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *