एक्कासी घटयो आज सुनको भाउ, तोलामा कति पुग्यो ?

एक्कासी घटयो आज सुनको भाउ, तोलामा कति पुग्यो ?

अर्थतन्त्र

Sharing is caring!

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ४ सय रुपैयाँ ले घटेर प्रति तोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।

मङ्गलबार छापावाला सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँ मा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँ मा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *