२५ वर्षीय रिचार्लिसनले २ गोल गर्दा ब्राजिलले निकाल्यो शानदार जित – OSNepal

२५ वर्षीय रिचार्लिसनले २ गोल गर्दा ब्राजिलले निकाल्यो शानदार जित – OSNepal

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, ९ मंसिर :रिचार्लिसनको दुई गोल प्रेरित ब्राजिलले बुधबार राति कतार फिफा विश्वकप २०२२ फुटबलमा विजयी सुरुआत गरेको छ । लुसेल स्टेडियममा पाँच पटकको च्याम्पियन ब्राजिलले सर्बियालाई २–० ले पराजित ग-यो ।

पहिलो हाफमा कुनै गोल नहुँदा ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६२औं मिनेटमा रिचार्लिसनले अग्रता दिलाए । ७३औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । २५ वर्षीय रिचार्लिसनले भिनिसिअस जुनियरको पासमा गोल गरे । जितसँगै समूह ‘जी’ मा ब्राजिलले पहिलो खेलबाट तीन अंक जोडेको छ । सर्बिया अंक विहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *