बिश्वकपको नकाउट चरणमा स्थान पक्का गरेका ब्राजिल र पोर्चुगलले आज सहजै जित्ला त ? – OSNepal

बिश्वकपको नकाउट चरणमा स्थान पक्का गरेका ब्राजिल र पोर्चुगलले आज सहजै जित्ला त ? – OSNepal

अर्थतन्त्र

Sharing is caring!

विश्वकपमा आज चार खेलहरु हुदैछन् । आजको खेलमा शक्तिशाली मानिएका पोर्चुगल र ब्राजिलले नकाउट चरणमा स्थान पक्का गरिसकेकोले दुबै टिमले प्रतिष्ठाको लागि मात्र खेल्नेछन् । आज समूह एच र समूह जी को दुई दुई खेलहरु हुनेछन् । समूह एच अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल भिड्दा घानाले उरुग्वेको सामना गर्नेछ ।

दुबै खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ । अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना उस्तै रहेको छ । पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

दक्षिण कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा रहेको छ ।यस्तै समूह जी अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति पौने १२ बजे सुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै बलियो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *