आजको सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार

आजको सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार

अर्थतन्त्र

Sharing is caring!

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम छ ।तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।यसैगरी बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ५० रुपैयाँ कायम छ ।

प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने सरकारको निर्णय:सरकारले प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय गरेको हो ।विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासको आयातलाई प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *