काठमाडौं – पब्जी विश्वकपमा नेपाली टिम उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउन सफल भएको हो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।
फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्न सफल भएको छ ।