मेसीको गोलमा पिएसजी विजयी • OSNepal

मेसीको गोलमा पिएसजी विजयी • OSNepal

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, २८ पुस;कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ । बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो ।

खेलमा अर्का स्टार नेयमारले तेस्रो गोल गरेका थिए । तर, सो गोल अफसाइट भयो । विश्वकप उपाधि जितेपछि मेसीले पिएसजीबाट पहिलो खेल खेलका थिए । जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएका छ ।

पीएसजीले १८ खेलमा ४७ अंक जोडेको छ । एन्जर्स आठ अंक जोडेर पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *