थाइल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा नेपालका बरुण विजयी • OSNepal

थाइल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा नेपालका बरुण विजयी • OSNepal

अर्थतन्त्र

Sharing is caring!

खोटाङ, ७ माघ । थाइल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा नेपालका बरुण घले गुरुङ विजयी भएका छन् । थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा ५७ केजी तौल समुहमा थाइफाइटरलाई हराउँदै खोटाङका गुरुङले इतिहास रचेका हुन् ।

गुरुङले राजादम्नर्न स्टेडियममा मुआथाई प्रतियोगीतामा विजयी हुने पहिलो नेपाली फाइटरको इतिहास रचेका हुन् ।   खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

सन् २०१५ देखि मुआथाई खेल्न थालेका गुरुङ नेपालका विभिन्न प्रतियोगीतामा आफ्ना प्रतिष्पर्धीलाई छोटो समयमा नकआउट गरेको इतिहास बनाइसकेका छन् । 

थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *