अल नासरका लागि रोनाल्डोको डेब्यु, गोल गर्न सकेनन् • OSNepal

अल नासरका लागि रोनाल्डोको डेब्यु, गोल गर्न सकेनन् • OSNepal

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं- साउदी क्लब अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छन् । आइतबार साउदी प्रो लिगअन्तर्गत एतिफाकविरुद्धको खेलमा रोनाल्डोले अल नासरका लागि डेब्यु गरेका हुन् ।

उक्त खेलमा अल नासरलाई जित दिलाउन ब्राजिलियन खेलाडी तालिस्काले गोल गरेका थिए । अल नासरले एतिफाकलाई १(० ले पराजित गरेको खेलमा रोनाल्डोले पूरा समय मैदानमा बिताए ।

जितपछि अल नासर १४ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा छ । १६ खेल खेलेको अल हिलाल ३१ अंकसहित दोस्रो स्थानमा छ । २०२५ सम्मको करारमा रोनाल्डोले प्रतिवर्ष १७।७ करोड पाउन्ड कमाउने बताइएको छ । खेलमा रोनाल्डोले गोल भने गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *