स्पट फिक्सिङ गरेको आरोपमा समातिएका क्रिकेटरद्धय आदिल र मेहबुबलाई काठमाडौँ ल्याइदै • OSNepal

स्पट फिक्सिङ गरेको आरोपमा समातिएका क्रिकेटरद्धय आदिल र मेहबुबलाई काठमाडौँ ल्याइदै • OSNepal

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, माघ ९ । स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटरद्धय आदिल अन्सारी र मेहबुब आलम फत्राउ परेका छन् । उनीहरुले नेपाल टी २० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपलागेको छ । आदिल अन्सारी र मेहबुब आलमलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेसँगै काठमाडौँ ल्याउँदैछ ।

आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी स्रोतले बताएको छ । पक्राउ परेका आदिलले टी २० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन्।

आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय राष्ट्रिय टिम र पपुवा न्युगिनीविरुद्धको खेलबाट टी(२० टिममा डेब्‍यू गरेका थिए। मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन्।

पछिल्लो समय राष्ट्रिय टिममा नरहेका ४१ वर्षीय मेहबुबको नाममा एकै खेलमा दश विकेट लिने कीर्तिमान छ। लिगको समयमा उनी भारतमा गएका थिए। त्यहीँबाट उनले क्रिकेटरसँग फिक्सिङका लागि सम्पर्क गरेको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *