काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ ।
आज नेप्से परिसुचक २० दशमलव ७९ अंकले घटेर एक हजार २७६ दशमलव ७९ बिन्दु कायम भयो भने कारोबार रकम ९६ करोड ५० लाख रुपियाँ पुगेको छ ।
आज धेरै कारोबार गर्नेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेको छ । जसको कारोबार आठ करोड २६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार छ करोड ४५ लाख रुपियाँ बराबरको भएको छ ।
आज ट्रेडिङ र निर्जीवन बीमा समूहको सूचक दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ भने आज अधिकाशं समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावटले सेयर बजार नै राताम्मे भएको छ ।
यस्तै, आज धेरै फाइदा खानेमा जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ता रहेका छन् । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा जानकी फाइनान्सका लगानीकर्ता रहेका छन् ।