सवारी कारवाहीबाट सिन्धुलीमा झण्डै साढे ३ करोड राजश्व संकलन ::

सवारी कारवाहीबाट सिन्धुलीमा झण्डै साढे ३ करोड राजश्व संकलन ::

अर्थतन्त्र

Sharing is caring!

सिन्धुली – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले नौ महिनाको अवधिमा झण्डै साढे ३ करोड राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चैत सम्म ट्राफिक नियम विपरित चलेको सवारी साधन कारबाहीबाट ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले ३ करोड २९ लाख ७३ हजार ५ सय राजश्व संकलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीका अनुसार फागुन महिनामा सबै भन्दा बढी राजश्व संकलन भएको छ । फागुन महिनामा मात्रै ४ हजार २ सय सवारी कारबाहीबाट ४५ लाख २१ हजार ५ सय राजश्व संकलन भएको प्रमुख कार्किले बताउनुभयो । यस्तै, साउनमा २ हजार ४ सय ५० वटा सवारी साधन कारबाहीबाट २४ लाख ३१ हजार, भदौमा २ हजार ६ सय ५० सवारी साधन कारबाहीबाट २९ लाख ३० हजार ५ सय राजश्व संकलन भएको छ ।

असोजमा ३ हजार १ सय ५० सवारी कारबाहीबाट ३३ लाख ९० हजार राजश्व संकलन भएको छ । कार्तिकमा ३ हजार ३ सय सवारी कारबाहीबाट ३५ लाख ८ हजार, मंसिर महिनामा ३ हजार १ सय ५० सवारी कारबाहीबाट ३३ लाख २० हजार, पुषमा ३ हजार ८ सय सवारी कारबाही गर्दा ४० लाख ३६ हजार, माघमा ४ हजार सवारी साधन कारबाहीमा गर्दा ४४ लाख २३ हजार र चैत महिनामा ४ हजार २ सय ५० सवारी साधन कारबाहीबाट ४४ लाख १३ हजार ५ सय राजश्व संकलन भएको हो ।

यो वर्ष सबै भन्दा बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा १ करोड ८ लाख २१ हजार ५ सय, आर्थिक वर्षमा ०७७÷०७८ मा ३ करोड १५ लाख ४ हजार र आर्थिक वर्ष ०७८÷०७९ मा ३ करोड ६९ लाख ८२ हजार राजश्व संकलन भएको थियो ।

ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । पहाडी क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको जनाएको छ ।

पूर्ण रूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत गरेको छ । सिन्धुली जिल्ला तिन राजमार्गले छोएको जिल्ला हो । यस राजमार्गमा दिनप्रतिदिन सवारीसाधनको चाप बढ्दै गएको र साना तथा ठूला अधिकांश साधनले समेत सवारीसाधनको प्रमाण नबोक्ने गरेको पाइएकाले त्यस्ता गैर जिम्मेवार सबैखाले सवारी चालकलाई जरिवाना गर्दै ट्राफिक नियमको जागरण गराउँदै आएको छ ।

नियमको पूर्ण पालना गराउँदै बेला–बेलामा हुने सवारी दुर्घटना न्यूनीकरण गराइ आम नागरिकको जिउज्यानको संरक्षणमा ट्राफिक प्रहरीले गरेको योगदान राम्रो रहेको नागरिक समाजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *