अब १० युनिटसम्म निःशुल्क बिजुली

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ।

प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ । प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए।

अहिले पनि १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या आठ लाख रहेको बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ।

यो पनि पढ्नुस …काठमाडौं । नेपाल विद्युत प्राधिकरणभित्र सत्तारुढ दल नेकपानिकटको कर्मचारी युनियनले प्राधिकरण व्यवस्थापनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

आधिकारिक युनियनको भूमिकामा समेत रहेको नेबिप्रा राष्ट्रिय कर्मचारी संगठनले आफूले रचनात्मक सहयोग गर्दागर्दै पनि व्यवस्थापनले पेल्ने काम गरेको, मानविय पक्षलाई समेत ख्याल नगरी कर्मचारीहरुको सरुवा गर्ने र आफू निकटकालाई राम्रो ठाउँमा सरुवा र बढुवा गर्ने काम गरेको बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम उल्लेख नगरी युनियनले उनीविरुद्ध आजैदेखि भण्डाफोर सुरु गरेको जनाएको छ ।

युनियनका अध्यक्ष रामेश्वर पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा ग्राहकहरुको हितका लागि सञ्चालन गरिएको अभियानलाई सहयोग गरिएको, विनियमावलीविपरित विना प्रतिस्पर्धा खरिद गर्ने काम भएको, कार्यालयमा बसेर ठेक्कापट्टा र अनियमिततामा रमाउने काम भएको, खबरदारी गर्ने कर्मचारीलाई कालोसुचीमा राखेर हतोत्साहित गर्ने काम भएको जस्ता आरोप लगाएको छ ।

यस्तो छ युनियनको विज्ञप्तिः

Leave a Reply

Your email address will not be published. Required fields are marked *