शेयर बजार खोल्ने निर्णय आज हुने

शेयर बजार खोल्ने निर्णय आज हुने

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं: आज आइतबार बस्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समिति बैठकले धितोपत्र दोस्रो बजारको कारोबार खोल्ने निर्णय गर्ने भएको छ । गत चैत १० गतेदेखि बन्द रहेको धितोपत्रको दोस्रो बजार खोल्ने निर्णय आज बस्ने बोर्ड सञ्चालक समितिले बैठकले गर्ने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

कोभिडको प्रकोप बढ्दै गएपछि यसको जोखिमबाट बच्न चैत १० गतेदेखि सेयर बजार बन्द छ । बीचमा वैशाख ३० र ३१ गते खुलेपनि फेरि बन्दको अवस्था छ । त्यसयता बजार बन्द छ । सम्भवत सोमबार नभएपनि मंगलबारबाट बजार खुल्ने बताइएको छ ।

तत्कालको लागि नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस सेवा या उपयुक्त विद्युतीय माध्यम प्रयोग गरेर बजार खुलाउने लागिएको हो । नेप्सेको अनलाइन कारोबार प्रणालीमा केही सुधार भएको छ । युजरनेम र पासवर्ड प्राप्त गर्ने व्यवस्था भएपछि बजार पूर्ण रुपमा सञ्चालन हुने बताइएको छ । १६ लाख बढी डिम्याट लिएका मध्ये करिब २७ हजार लगानीकर्ताले अनलाइन कारोबार गर्न युजर नेमर पासवर्ड लिएका छन् ।

लकडाउनको ५१ दिन पछि वैशाख ३० गते मंगलबार र ३१ गते बुधबार खुलेको सेयर बजार फेरि बन्द भएको छ । जेठ १ गते बिहीबार बिहान बसेको बोर्ड सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि भनेर बजार बन्द गरेको थियो ।

सामान्य अवस्थामा दैनिक ५ घण्टा सेयर कारोबार हुँदै आएकोमा बीचका दुई दिन २ घण्टाका लागि बजार खोलिएको थियो । दुबै दिन २/२ प्रतिशतका दरले बजार घटेपछि ऋणात्मक सर्किट ब्रेकर लागेपछि सेयर कारोबार बन्द भएको थियो । त्यति बेला सर्किट ब्रेकरको व्यवस्था पनि परिमार्जन गरी दैनिक २ प्रतिशत मात्र बनाइएको छ । त्यतिबेलासम्म १५ खर्ब ३६ अर्बको बजार पुँजीकरण भएको थियो ।

लकडाउन हुन पूर्व बजार १६६८ बाट घट्दै आएको हो । बजार बन्द हुँदा अहिले लगानीकर्ताहरू मारमा परेका छन् । कति लगानीकर्ताहरूले डर मानेर १० लाख पर्ने सेयर ५ लाखमा भए पनि बेचर बजारबाट निस्किन खोज्दै छन् । सेयर चल सम्पत्ति हो । तीन महिना बजार बन्द हुँदा सबै लगानीकर्तालाई गाह्रो भएको इन्भेष्टर फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

यति बेला धेरैको व्यापार व्यवसाय विस्तारै खुल्दै गरेको अवस्थामा छ । बन्दाबन्दीमा समेत कर्मचारी खर्च, घर भाडा, बिजुली पानी, बैंक ब्याजलगायतको भुक्तानी गर्नु परेको छ । खर्चको जोह गर्न उनीहरूले घरजग्गा राखेर बैंकबाट ऋण लिन थालेका छन् ।

तर, यति बेला घर जग्गा नहुने सेयर मात्रै हुनेहरू भने समस्या परेका छन् । उनीहरूसँग मिटर ब्याजमा पैसा लिनुको कुनै विकल्प छैन । लगानीकर्ताहरूलाई तरलताको चरम अभाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *