पछिल्लाे समय सुनकाे भाउकाे निकै चलपल रहेकाे छ । नेपाली बजारमा सुनको मूल्य आज हात्तै बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आज तोलामा २ सयले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै, तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघकाे भनाइ अनुसार आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको छ ।