तीन महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन आयात

तीन महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन आयात

अर्थतन्त्र

Sharing is caring!

तीन महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन आयात

काठमाडौं: यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामै नेपालमा ११ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

बढ्दो अनलाइन पढाइ तथा चाडपर्वको माहोलसँगै असोजसम्म १५ लाख दुई हजार थान मोबाइल फोन आयात भएको तथ्याङ्कले देखाएको छ । सीमित अन्तर्राष्ट्रिय व्यापारका कारण कम भएको मोबाइल फोनको आयात चालू आवको तीन महिनामा भने ह्वात्तै बढेको हो ।

सामुदायिक तथा निजी विद्यालयले अनलाइन शिक्षा प्रणाली कार्यान्वयनमा ल्याएपछि मोबाइल फोनको बजार पनि फस्टाएको देखिन्छ । आयातको सूचीमा मोबाइल फोनपछि अर्धप्रशोधित फलाम तथा स्टिल छ । साउनदेखि असोजसम्म यी वस्तुको आयात नौ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ ।

त्यसपछि आठ अर्ब ९६ करोड रुपैयाँको डिजेल आयात भएको छ भने कच्चा सोयाबिनको आयात सात अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यसपछि शीर्ष पाँचमा चामल रहेको छ, जुन छ अर्ब ९९ करोड रुपैयाँको आयात भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *