तोलामा ८ सयले घट्यो सुन

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा कमि आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रहेको थियो । भने आज सुन तोलामा ८ सयले कमि आइ प्रतितोला सुन ७५ हजार २ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७४ हजार ९ सय रहेको छ ।

साथै आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमि आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ८ सय ७५ मा कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *