सिरानीमा मोवाइल राखेर सुत्ने बानी आजै हटाईहाल्नुहोस्

सिरानीमा मोवाइल राखेर सुत्ने बानी आजै हटाईहाल्नुहोस् ! नत्र पछुताउनु पर्ला ..!

शिक्षा

Sharing is caring!

आजभोली मोवाइल हाम्रो जीवनको लागि रमाइलो होइन,बाध्यता बनेको छ । मोवाइल बिना हामी एकछिन पनि बस्नै सक्दैनौँ । बच्चा देखि बुढो सम्मका मन्छे लाई हेरौ सबैको हात हातमा मोबाईल हुन्छ ! बेलायतको एक्जिटरलगायतका केहि विश्वविद्यालयहरुले गरेको एक अध्ययनमा सिरानीको छेउमा मोवाइल राखेर सुत्दा धेरै खतरा आउन सक्ने बताइएको छ ।

अध्ययनका अनुसार मोवाइललाई सिरानीको छेउमा राख्दा क्यान्सरका साथै नपुंसकता हुन सक्ने खतरा समेत हुन्छ । अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोवाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको अवस्था छ ।

मोवाइलको धेरै प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना झनै बढ्ने अध्ययनको ठहर रहेको छ । त्यस्तै, बेलायतका केहि विश्वविद्यालयहरुले गरेको अध्ययनमा मोवाइल फोनबाट निस्कने विकिरण नपुंसकतासँग सम्बन्ध हुने कुरा पत्ता लागेको छ !मोवाइलको अत्याधिक प्रयोगले पुरुषमा बीर्यको उत्पादन घटाउनुका साथै उत्तेजनामा पनि कमी ल्याउने पनि अध्ययनले बताएको छ ।इजरायलको एक विश्वविद्यालयले गरेको अध्ययनले सुत्नुभन्दा आधा घन्टा अगाडि नै मोबाइलको प्रयोग गर्न छोड्नुपर्ने कुरा बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *