काठमाडौं: सरकारले अब तत्कालिन उच्च माध्यामिक तहमा कार्यरत शिक्षकहरुलाई स्थायी गर्ने भएको छ ।
गत २५ मंसिरमा शिक्षा, विज्ञापन तथा प्रविधिमन्त्रालयले जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अब तत्कालिन उच्च माध्यामिक तहमा कार्यरत निर्धारित योग्यता पुगेका शिक्षकहरुलाई माध्यमिक तहका शिक्षकका रूपमा व्यवस्थापन गर्न आवश्यक दरबन्दी सृजना गरी स्थायी नियुक्त गरिने उल्लेख गरिएको छ ।
जसअनुसार अब, उच्च माध्यामिक तहमा कार्यरत शिक्षकहरुलाई स्थायीको लागि बाटो खुलेको हो । शिक्षा नीति अनुसार सृजना गरिएको दरबन्दी शिक्षक सेवा आयोगबाट मात्रै पदपूर्ति गरिनेछ ।
‘तत्कालिन उच्च माध्यमिक तहमा कार्यरत निर्धारित योग्यता पुगेका शिक्षकहरूलाई माध्यमिक तहका शिक्षकका रूपमा व्यवस्थापन गर्न आवश्यक दरबन्दी सृजना गरी शिक्षक सेवा आयोगबाट मात्र पदपूर्ति गरिनेछ ।’ भनेर राष्ट्रिय शिक्षा नीतिमा प्रष्टरुपमा उल्लेख गरिएको छ ।