नेसनल युनाइटेडको सकियो यस वर्षको खेलकुद कार्यक्रम, विद्यार्थीहरूले जनाए शत प्रतिशत सहभागिता !

शिक्षा

Sharing is caring!

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलको यस वर्षको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । खेलकुदका गतिविधिमा विद्यार्थीहरूलाई कक्षागत, सदन स्तरीय, समूहगत तथा व्यक्तिगत प्रतिस्पर्धा गराइएको थियो । जसमा अध्ययनरत विद्यार्थीहरूले सत प्रतिशत सहभागी जनाए ।

यही माघ १६ गते सोमबारदेखि “सँगै उत्कृष्टता हासिल गरौँ” भन्ने मूल नाराका साथ यस वर्षको वार्षिक खेलकुद कार्यक्रम सुरु गरिएको थियो । सोही खेलकुद कार्यक्रमलाई आट विट मारिएको हो ।

हरेक वर्ष सहिद दिवसको अवसर पारेर आयोजना गरिँदै आएको कार्यक्रमको तेस्रो दिन रोड रेस, बास्केटबल, टेबल टेनिस, ट्रेजर हन्ट लगायत बाँकी सम्पूर्ण प्रतिस्पर्धाका खेलहरू भए ।

बुधवार बिहान ७ : ३० बजे नेसनल युनाइटेड स्कुलबाट सुरु भई बृ्ढानीलकण्ठ नगरपालिका वडा नं. २ को विभिन्न सडकमा भएको २.५ कि.मी. रोड रेसमा सिनियर ब्वाइजतर्फ सुमित थापा प्रथम, सुमित घिमिरे द्वितीय तथा कमल क्षेत्री तृतीय हुँदा गल्र्सतर्फ जेनिशा खत्री प्रथम, अनुष्का गिरी द्वितीय तथा सुप्रिया राई तृतीय हुन सफल भए ।

त्यसै गरी जुनियर ब्वाइजतर्फ अमृत नेपाली प्रथम, अनमोल काफ्ले द्वितीय तथा संकल्प तामाङ्ग तृतीय भए भने जुनियर गल्र्सतर्फ पेरिशा राई प्रथम, सपना शाही द्वितीय र ऐश्वर्या गुरुङ्ग तृतीय हुन सफल भए । त्यसै गरी बास्केटबलको जुनियर ब्वाइजतर्फ यल्लो हाउस प्रथम हुँदा जुनियर गल्र्सतर्फ ब्लू हाउस प्रथम हुन सफल भयो ।

खेलकुद कार्यक्रममा सहभागी हुन पाउँदा उत्साहित रहेको र यस्ता कार्यक्रमले शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राखी शैक्षिक उपलब्धि समेत वृद्धि हुने कुरा कक्षा ८ मा अध्ययनरत छात्र समिप सुवेदी तथा कक्षा ५ मा अध्ययनरत छात्रा मौसमी पुनले बताए ।

प्रतिस्पर्धामा सहभागी विद्यार्थीहरू मध्ये ब्वाइजतर्फ कक्षा ५ मा अध्ययनरत छात्र प्रभव प्याकुरेल तथा गल्र्सतफ कक्षा ९ मा अध्ययनरत छात्रा जेनिशा खत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए भने प्राप्त नतिजाका आधारमा ३१३० अंकका साथ यल्लो हाउस टिम प्रथम, २७५५ अङ्क सहित ग्रिन हाउस टिम द्वितीय र २७४० अङ्क हासिल गरी रेड हाउस टिम तृतीय हुन सफल भए ।

विजेता खेलाडीहरूलाई विशेष कार्यक्रमका बिच केही दिनको अन्तरालमा प्रमाणपत्र, मेडल तथा ट्रफीद्धारा पुरस्कृत गरिने स्कूल प्रशासनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *