ज्ञान चक्षुको सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न, रह्यो भव्य उपस्थिति (तस्बिरसहित)

शिक्षा

Sharing is caring!

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस स्कूलले सरस्वती पूजा, अक्षरारम्भ तथा निशूल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । स्कूलको प्राङ्गणमा विद्यार्थी, अभिभावकसंगै स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्री पञ्चमी पर्व अर्थात् विद्याकी देवी सरस्वतीको पूजा आराधना कार्यक्रम ज्ञान चक्षुले प्रत्येक वर्ष गर्दै आएको छ । सोही कुराको निरन्तरता स्वरूप यस पटक पनि सरस्वती आराधना, अक्षरारम्भ, सांस्कृतिक कार्यक्रम गरिएको स्कूलका डाइरेक्टर रमेश श्रेष्ठले बताए ।

बिहानबाट नै सरस्वतीको तस्बिरमा पूजाआजा सुरु गरिएको थियो । विद्यार्थी, अभिभाव, शिक्षक, स्कूल व्यवस्थापन टिम लगायत पूजाआजामा सहभागी भएका थिए ।

पूजासंगै नवआगन्तुक स–साना नानीबाबुहरूको अक्षरारम्भ गरिएको थियो । भने ज्ञान चक्षुमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा लायन्स क्लब र ज्ञान चक्षुको सहकार्यमा सोही दिन निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको थियो ।

‘कार्यक्रम सभ्य, भव्य रूपमा स्थानीय व्यक्तिहरूको समेत उल्लेख्य सहभागितामा सम्पन्न गर्न सफल भयौँ ।’ डाइरेक्टर श्रेष्ठ भन्छन्, ‘विगतका वर्षभन्दा झनै राम्रोसंग कार्यक्रम सम्पन्न गर्न सफल भएका छौँ । सोचे अनुसार नै विद्यार्थी, अभिभावक, स्थानीय व्यक्तित्वहरूको उपस्थिति रह्यो ।’

श्रेष्ठ अगाडी भन्छन्, ‘अक्षरारम्भसँगै स–साना नानीबाबुहरूको नयाँ भर्ना लिएका छौँ । सरस्वती पूजासँगै प्रि–प्राइमरी तहका लागि औपचारिक रूपमा नयाँ भर्ना सुरु गरेका हौँ । अझै नयाँ भर्नाका आउनु हुने अभिभावकहरूलाई निःशुल्क भर्ना हुने व्यवस्था गरेका छौँ । आउन सक्नु हुनेछ, यसको लाभ उठाउन सक्नु हुनेछ ।’

ज्ञान चक्षुमा पिजीदेखि कक्षा १० सम्म अध्यापन हुने गर्दछ । भेगिए रूपमा उत्कृष्ट विद्यार्थीको रूपमा चिनिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *