ज्ञान चक्षुको सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न, रह्यो भव्य उपस्थिति (तस्बिरसहित)

शिक्षा

Sharing is caring!

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इङ्ग्लिस स्कूलले नेहा श्रेष्ठलाई नगरसहित सम्मान गरेको छ । ज्ञान चक्षुमै कक्षा १० मा अध्ययनरत छात्रा श्रेष्ठलाई बिहीबार स्कूलले एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।

असोज २८ देखि कात्तिक ३ सम्म चलेको नवौँ राष्ट्रिय खेलकुदमा सहभागी भई नेहाले कांस्य पदक जित्न सफल सफल भएकी थिइन् । बागमती प्रदेशको प्रतिनिधित्व गर्दै सेपाक्टाक्रो प्रतियोगितामा नेहाले कांस्य पदक जित्न सफल भएकी हुन् । जसको बधाई तथा हौसला निम्ति विद्यालय व्यवस्थापन टिमले विशेष सम्मान गरेको विद्यालयका प्रिन्सिपल मिन बहादुर कोइरालाले केटिएम खबरलाई जनाए ।

नेहालाई नगदसहित खादा, सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । विद्यालयका फाउण्डर, डाइरेक्टर रमेश श्रेष्ठ, प्रिन्सिपल मिन बहादुर कोइरालाले संयुक्त रूपमा उक्त सम्मान गरेका थिए ।

सम्मान कार्यक्रम बिहान ९ः३० देखि १०ः३० बजेसम्म चलेको थियो ।

‘नेहाले प्राप्त गरेको यस सफलतासँगै स्कूलको थप गौरव बढाएकी छिन् ।’ डाइरेक्टर रमेश श्रेष्ठ भन्छन्, ‘यसको सम्पूर्ण श्रेय नेहालाई नै जान्छ । उनको अथक मेहनतबाट नै यो सफलता प्राप्त गरेकी हुन् । पढाइसँगै खेलकुदको क्षेत्रमा पनि आफूलाई अब्बल साबित गर्न सफल भएकी छिन् । जसको आगामी भविष्यको सफलताको कामना गर्दै थप हौसलाका निम्ति सम्मान गरेका हौँ ।’

विद्यालय प्राङ्गणमा अध्ययनरत सबै तहका विद्यार्थीहरूलाई सहभागी गराई कार्यक्रमको आयोजना गरिएको थियो । यस्तै, विद्यालय व्यवस्थापन टिम, शिक्षक, शिक्षिका, शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूको पनि कार्यक्रममा उपस्थिति रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *