यस्तो रह्यो छुनामुनाको सरस्वती पूजा विशेष कार्यक्रम (तस्बिरसहित)

शिक्षा

Sharing is caring!

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९, मण्डिखाटारमा रहेको छुनामुना मण्टेश्वरी स्कुलले सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष जस्तै यस पटक पनि सरस्वती आराधना, अक्षरारम्भ, सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्री पञ्चमी पर्व अर्थात् विद्याकी देवी सरस्वतीको पूजा आराधना कार्यक्रम छुनामुनाले प्रत्येक वर्ष गर्दै आएको छ । सोही कुराको निरन्तरता स्वरूप यस पटक पनि सरस्वती आराधना, अक्षरारम्भ, सांस्कृतिक कार्यक्रम गरिएको प्रिन्सिपल कमला ढकाल अधिकारीले बताउनु भयो ।

बिहानी पखबाट क्रमशः सरस्वतीको तस्बिरमा पूजाआजा, स–साना नानीबाबुहरूलाई अक्षरारम्भ, अध्ययनरत विद्यार्थीहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

बिहानबाट नै विद्यार्थीहरू तथा अभिभावहरूले उल्लेख्य सहभागिता जनाएका थिए । सोचेभन्दा राम्रोसँग सभ्य, भव्य रूपमा सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न भएको स्कुल प्रशासनले जनाएको छ ।

प्रिन्सिपल अधिकारी भन्नुहुन्छ, ‘यस पटक पनि अघिल्ला वर्षहरू जस्तै उल्लेख्य रूपमा अभिभावकहरूले सहभागिता जनाउनु भयो । सोचेभन्दा राम्रो तवरबाट सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न गर्न सफल भएका छौँ । अक्षरारम्भसंगै नव आगन्तुक नानीबाबुहरूको नयाँ भर्ना पनि लिएका छौँ । प्रि–प्राइमरी तह अन्तर्गत पिजीमा औपचारिक नयाँ भर्ना पनि सुरु गरेका छौँ । इच्छुक अभिभावहरूले स्कुल प्राङ्गण आई बुझेर, हेरेर नयाँ भर्ना गर्न सक्नु हुनेछ भन्ने सन्देश पनि दिएका छौँ । सरस्वती पूजाको अवसरमा एक हप्तासम्म नयाँ भर्ना हुने नानीबाबुहरुले विशेष छुटको समेत व्यवस्था गरेका छौँ ।’

छुनामुना मण्टेश्वरी स्कुलमा पिजीदेखि कक्षा २ सम्म अध्यापन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *