कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुनसक्ने

कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुनसक्ने

शिक्षा

Sharing is caring!

काठमाडौं, चैत २१ -कोरोना भाइरसको संक्रमण नेपालमा दोस्रो व्यक्तिमा देखिएपछि सबै तयारी पुरा भएको एसईई परीक्षा अन्तिम समयमा आएर रोकिएको थियो । सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुने देखिएको छ।

यस विषयमा सरकारले लिने पछिल्लो निर्णयपछि मात्रै निचोडमा पुगिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले लक डाउन लम्ब्याइएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षा रोकिने बताए। बोर्डले २०७७ साल बैशाख दोस्रो साताबाट कक्षा १२ तथा बैशाख तेस्रो साताबाट कक्षा ११ को परीक्षा तय गरेको छ ।

लक डाउन खुलेको अवस्थामा पूर्व निर्धारित कार्यतालिका अनुसार नै गर्न सकिने जनाइएको छ । कक्षा १२ र ११ को परीक्षाका लागि आवश्यक तयारी गरिएकाले पूर्व निर्धारित कार्यतालिका अनुसार नै गर्न सकिने अध्यक्ष पौडेलको भनाइ छ । यो आजको समाचार गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *