एसईई परीक्षा बारे सरकारले यस्तो बोल्यो !

एसईई परीक्षा बारे सरकारले यस्तो बोल्यो !

शिक्षा

Sharing is caring!

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तिम समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चित कालका लागि स्थगित भएको छ । यस्तो अवस्थामा कुनै सूचना नआउँदा विद्यार्थी अन्यौलमा थिए । पछिल्लोपटक सरकारले गरेको निर्णयअनुसार वैशाख १५ सम्म लकडाउन कायम रहनेछ । त्यसपछि पनि लकडाउन खुल्ने नखुल्ने यसै भन्न सकिन्न । यसले परीक्षाको तयारीमा रहेका विद्यार्थी र अभिभावकमा एसईई परीक्षा के हुन्छ भन्ने चासो बढेको छ ।

सरकारको अहिलेसम्मको तयारी हेर्दा ढिलो चाँडो परीक्षा गर्ने नै देखिन्छ । परीक्षा गर्नुको विकल्प पनि छैन । परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा राय दिन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा कार्यदल नै बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको अहिलेसम्मको तयारी भने लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने रहेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *