बिरामी भइन् दीपिका

शिक्षा

Sharing is caring!

मुम्बइ । बलिउड अभिनेत्री दीपिका पादुकोन पहिलो विवाह वर्षगाँठ पूरा हुनुभन्दा तीन दिन अगाडि बिरामी परेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफू बिरामी भएको कुरा खुलाएकी हुन् ।

उनी केहि दिन अगाडि आफ्नी साथी उर्वशीको विवाहमा बंगलोरमा थिइन् । उनले केही फोटो र भिडियो सेयर गर्दै विवाहमा गरेको मस्तीका कारण विरामी भएको बताएकी छिन् ।

तस्बिरमा दीपिकाको आँखा सुन्निएको देखिन्छ । उनले फोटोमा थर्मोमिटर पनि इन्सर्ट गरेर राखेकी छिन् । तस्बिरसँगै ‘जब साथीको विवाहमा भरपूर मनोरञ्जन गरिन्छ’ भनेर लेखेकी छिन् ।

दीपिकाले अघिल्लो वर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन् । गत वर्ष नोबेम्बर १४ मा वैवाहिक जीवनमा बाँधिएकी दीपिकाले ४ वटा विवाह रिशेप्सन पार्टी दिएकी थिइन् ।

विवाह वर्ष गाँठको तीन दिन अघि मात्र बिरामी भएकी दीपिकाको विवाह वर्ष गाँठको दिन कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *