सरकारले नयाँ टेलिभिजन खोल्ने

सरकारले नयाँ टेलिभिजन खोल्ने

शिक्षा

Sharing is caring!

सरकारले नयाँ टेलिभिजन खोल्ने

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाईलाई प्रभावकारी बनाउन सरकारले छुट्टै टेलिभिजन खोल्न लागेको बताएका छन् । आफ्नो पार्टी निकट अनेरास्ववियुका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियामा पोखरेलले वैकल्पिक शिक्षालाई प्रभावकारी बनाउन छिट्टै नयाँ डेडिकेटेड टेलिभिजन खोल्ने सोचमा सरकार रहेको खुलासा गरेका हु्न ।

त्यस्तौ टेलिभिजन खोल्न आफूले प्रधानमन्त्री केपी ओलीसँगसमेत कुरा गरिसकेको बताउँदै उनले त्यो टेलिभिजनले विहान माध्यमिक तहलाई, दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने बताए । त्यसमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पोखरेलको भनाई छ ।

मन्त्री पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने बताउँदै भने, ‘सबैको पहुँचमा वैकल्पिक शिक्षा पुगेन भन्ने कुरामा हामी गम्भीर छौं । यसलाई कसरी सहज र प्रभावकारी बनाउने ? भनेर नै प्रयास भइरहेको छ ।’

उनले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने गरी पनि प्रतिवद्धता जनाएका छन् । पाठ्यभार घटाएर भए पनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र पूरा गरेरै पोखरेलले बताए ।

कार्यक्रममा अनेरास्ववियुका पदाधिकारीले वैकल्पिक सिकाइमा सबै वर्गका विद्यार्थीहरुको पहुँच पुग्न नसकेको भन्दै यसको पहुँच बढाउन, कक्षा १२ को परीक्षावारे अविलम्ब निर्णय गर्न, जसरी भए पनि शैक्षिक सत्र जोगाउन, वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाउन, अवरुद्ध परीक्षा वैकल्पिक विधिवाट संचालन गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *