१९ वर्षीय शिक्षिका जो नक्कली प्रमाणपत्र पेश गरेर विद्यार्थी पढाइन् !

शिक्षा

Sharing is caring!

काठमाडौंः नक्कली शैक्षिक प्रमाणपत्रका भरमा १९ बर्ष शिक्षणमा विताएकी एक जना शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

श्री जन जौ कुमारी शाही प्राथमिक बिद्यालय मनपाङ, तनहुँमा प्राथमिक तहमा अस्थायी शिक्षकको रुपमा तृतीय श्रेणीकी शिक्षक अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको फेला परेको हो ।

वाग्लेले त्यही झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०५६ मंसिर १० गते देखि प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति पाई २०७५ चैत ८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको दुरुपयोग गरेको अख्तियारको दावी छ ।

उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै परेको उजुरी माथि अनुसन्धान हुँदा उनले पेश गरेको माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अख्तियारले जनाएको छ । उनी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *