बालबालिकालाई खेलौना किनिदिनुभन्दा घुमाउन लैजाऔँ

बालबालिकालाई खेलौना किनिदिनुभन्दा घुमाउन लैजाऔँ

शिक्षा

Sharing is caring!

एजेन्सी । बालबालिकाहरुलाई जन्मदिनको उपहारस्वरुप खेलौना दिनुभन्दा बरु बाहिर घुमाउन लैजानु उनीहरुको दिमागी विकासका लागि बढी महत्वपूर्ण रहेको स्वास्थ्यविद्हरुले बताएका छन् । बाल मनोचिकित्सक डाक्टर मार्गोट सन्डरल्यान्डका अनुसार बालबालिकालाई बाहिर घुमाउन लैजानु भनेको उनीहरुको मस्तिष्क वृद्धिका लागि ठूलो लगानी गर्नु सरह हुनेछ । उनका अनुसार पारिवारिक भ्रमणमा जाँदा दिमागको गहिराइमा रहेको ‘लिम्बिक’ क्षेत्रका दुई प्रणालीहरुको राम्रो एक्सरसाइज भइरहेको हुन्छ जुन घरैमा बसिरहँदा भने कुनै प्रयोगमा आउँदैनन् ।ती दुई प्रणाली, ‘प्ले सिस्टम’ र ‘सिकिङ सिस्टम’ हुन् ।

वासिङटन स्टेट युनिभर्सिटीका विश्वस्तरीय न्युरोसाइन्टिस्ट प्रोफेसर जेक पेनसेपको अध्ययनमा पनि यिनै प्रणालीबरे उल्लेख गरिएको उनले बताइन् । डाक्टर मार्गटका अनुसार दिमागकको ‘प्ले सिस्टम’ ले बालबालिकाको खुट्टा माटोमा टेकिँदा, उनीहरु खुला ठाउँमा घाँसमा दौँडिदा, अभिभावकले पछाडि कि टाउकोमा राखेर घुमाउँदा लगायतका क्रियाकलपाका बेला मात्र काम गरिरहेको हुन्छ । त्यस्तै दिमागको ‘सिकिङ सिस्टम’ भने नयाँ कुरा देख्दा, त्यसको खोजी गर्दा, जङ्गल, समुद्र किनार लगायतका स्थल अवलोकन गर्दा सक्रिय हुने गर्दछ । यसरी बच्चाहरुको प्ले र सिकिङ सिस्टमको एक्सरसाइज बढ्नुले नै तिनहरुको ‘फ्रन्टल लोब’ विकिसत हुन मद्दत मिल्छ ।

दिमागको यो क्षेत्र नै जटिल बौद्धिक क्षमतासँग जोडिएको हुन्छ । जसमार्फत उनीहरुले कुनै पनि समस्या समाधान गर्न, भावना वर्णन गर्न, स्मरण गर्न, भाषा सिक्न, निर्णय लिन लगायतका कामहरु गर्न सक्छन् । यस्तोमा यि सिस्टम जति धेरै प्रयोगमा आए, त्यति नै उनीहरुको बौद्धिक क्षमता बलियो हुँदै जानेछ । उनीहरुको दिमागी विकास बाहेक, प्ले र सिकिङ प्रणालीलाई पारिवारिक भ्रमण मार्फत प्रयोगमा ल्याउँदा बालबालिकामा खुसी वृद्धि हुने र समस्त स्वास्थ्य अवस्थामा पनि सधुार पुग्ने गर्दछ ।दिमागका ती प्रणाली सक्रिय हुनुले ‘डोपेमाइन, अक्सिटोसिन, ओपोइड’ लगायतका न्युरोकेमिकल उत्पादन हुन्छन् जसले सम्बन्ध बलियो बनाउने भावनाहरुलाई बढावा दिने गर्दछ ।

साथै यसले अभिभावकको स्ट्रेस पनि कम गर्ने र सकारात्मक रहन मद्दत गर्ने गर्दछ ।२०१७ को अध्ययनका अनुसार मानिसहरुलाई परिवार, साथीभाइको साथबाट नै सबैभन्दा धेरै माया पाएको अनुभूति हुने गर्दछ । यसमा मान्छे– मान्छेबीचको अन्र्तक्रिया नै सबै भन्दा बढी मूल्यवान् हुने गरेको अनुसन्धानकर्ताको निष्कर्ष थियो ।त्यसैले जन्मदिन वा कुनैपनि खुसीको पर्व अथवा उत्सवको समयमा बालबालिकाहरुलाई खेलौना किनिदिनु भन्दा उनीहरुलाई बाहिर लगि समय बिताउनु बढी प्रभावकारी हुने बताइएको छ । बच्चाहरुमा अर्को नयाँ खेलौनाप्रतिको रुची छिट्टै कम हुन सक्छ तर भ्रमणका क्षणहरु लामो समयसम्म याद रहिरहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *