कक्षा १२ को परिक्षा असार महिना भित्रै हुने, अनलाइन कि भौतिक उपस्थितिमा??

शिक्षा

Sharing is caring!

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत २०७७ सालको कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्ने सम्भावना न्यून रहेको स्पष्ट पारेका छन् । उनले परीक्षाका सन्दर्भमा विभिन्न विकल्पका बारेमा छलफल भइरहेको बताए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने जानकारी दिए ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा उनले सो कुरा बताएका हुन् । अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई आज १३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

त्यस क्रममा मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विधिका मन्त्रालयले यही महिनाभित्र निर्णय लिने जानकारी दिँदै भने– सबै परीक्षाको विषयमा चाडै निर्णैय गर्नेछौँ ।

उनले सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने आंकलन गर्दै नयाँ नयाँ योजना आउनसक्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *