डिभोर्सपछि श्रीमतीलाई अंश नदिन श्रीमानले तस्तो अचम्मको हर्कत गरे

मनोरञ्जन

Sharing is caring!

एजेन्सी। डिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आगो लगाएका छन् । जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो । ती व्यक्तिले घरमा आगो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।

यतिसम्म कि घरमा आयो लागेपछि त्यसको क्षतिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्यन्त्रको खुलासा एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्रममा भयो ।

पुलिस र दमकल विभागले अदालतलाई यो आगो आकस्मिक नभइ जानीजानी लगाइएको बताए । जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दोषी बताउँदै उनी एक्सेटर नजिकै केनफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट असन्तुष्ट रहेको बताए ।

डेलीमेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आगो लगाउनुभन्दा पहिले निकै मदिरा पिएका थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लोटर्चबाट आगो लगाए ।

आगो लगाएपछि उनी आरामले कुर्सीमा बसे र फेरि मदिरा पिउनथाले । छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर जलिरहेको आफूले हेरिरहेको बताएका थिए ।

जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आगो लगाइएको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पाउण्डमा बेचिँदै थियो । तर, आगो लागेपछि यो घर यति खराब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा बेचियो ।

अदालतमा बताइएअनुसार आगो लगाउनुभन्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *