हड्डी मजबुत बनाउन खानुस् यी ५ खानेकुरा

मनोरञ्जन

Sharing is caring!

जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् ।

यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ ।

बदाम
बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा भएको क्याल्सियम, भिटामिन ई, ओमेगा ३ फ्याट्टी एसिड र फस्फोरस हुन्छ र यी तत्त्वले हाड बलियो बनाउँछन् ।

फर्सीको बियाँ

हुन त कमै मान्छेलाई मात्र फर्सीको तरकारी मन पर्छ तर यसका भएका केही पोषक तत्त्व अरू तरकारीमा पाइँदैन । फर्सीको बियाँमा फोस्फोरस प्रचूर मात्रामा पाइने हुनाले हाडलाई बलियो बनाउँछ ।

गहुँको पाउरोटी

हाड बलियो बनाउनुछ भने आहारमा गहुँको पाउरोटी समावेश गर्नुस् । यसमा टन्नै फोस्फोरस हुन्छ ।

माछा
मांसाहारी हुनुहुन्छ भने माछा खाने गर्नुस् । यसमा भएको भिटामिन, खनिज र फोस्फोरस जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।

गेडागुडी
गेडागुडीले पनि हाड बलियो बनाउँछ । आहारमा यसलाई समावेश गर्नुस् ।

हातभन्दा अनुहार कालो भए चिन्तित हुनुहुन्छ ? उसोभए अपनाउनुहोस् यी उपाय
अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन्।

एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ। तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै उजिल्याउन सक्नुहुन्छ :

काँचो दूध : हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ।

कागती : कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ।

गोलभेँडाको रस : गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने। केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ।

आलुको रस : काँचो आलुको रस निकालेर हातमा लगाउने । लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने। एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ ।

बेसन : चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने । १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *