लोभ र लभले डोर्‍याएको वेश्यालयको यात्रा

मनोरञ्जन

Sharing is caring!

भातर–मुम्बईः वि.स २०७२ सालमा म सुनसरीबाट काठमाण्डौ गए। अध्ययन राम्रो थियो। साथीहरु सोचे जस्ता भने थिएनन्। ३ जना साथी एक कोठा भाडामा लिएर बस्दै आएको थियौ। दिन बित्दै गए। काठमाण्डौको वातावरणसँग म घुल्दै गए।

समय बित्दै गयो। पुषको महिना थियो। हामी साँझ बाहिर निस्कियौ। साथीहरुले भेट्न बोलाएका थिए। उनीहरुलाई भेट्न गयौ। उनीहरुले मलाई पाउडर दिए। चिसो मौसम थियो। “यो पाउडर खाउ, तातो हुन्छ,” साथीहरुले मलाई भने। मैले विश्वास गरेन्। तर साथीहरुले फेरि आग्रह गरे। मैले त्यो पाउडर लिए। सुरुमा अर्कै लाग्यो। शरीर गरम भयो। म अच्चममा परे। यस्तो पनि हुन्छ ?

पहिलो दिन मैले थोरै लिए। कोठा तिर लाग्यौ। दोस्रो दिन साथीहरुसँग फेरी भेट भयो। हाम्रो पहिलो दिनको काम दोहोरीयो। म त्यो पाउडरमा मलिन भए। पछि मात्र थाँहा भयो, त्यो शरीर न्यानो पर्ने औषधि नभएर ड्रक्स रहेछ।
म त्यो लतमा फस्दै गएको रहेछु। म त्यो पाउडर बिना बाच्नै नसक्ने भए। दैनिक चाहिने। तर काठमाण्डौमा बस्नुपर्ने भने जस्तो पैसा नहुने।

एक दिन अविराज नाम गरेको केटाको फेशबुकमा रिक्वेस्ट आयो। मैले एसेप्ट गरे। पहिलो दिन हेलो–हाइ भयो। दोस्रो दिन हिँन्दीमा म्यासेज आयो। मैले घर कता हो भने। उताबाट सारंगपुर भन्दै रिप्लाई आयो। सारंपुर भारतको एक ठाउँ रहेछ। फेसबुकको साथीले तिमि मन पर्रौ भन्दै थियो। कुरा हुँदै गयो। हिँन्दीमा कुरा हुँदै थियो। मन परेको कुरा फेरी आयो। मैले मजाक सोचे। मैले भने, “हो र, उसो भए ५ हजार पठाउनु, तातो लुगा किन्नु छ।”

दोस्रो दिन मेरो मोबाइलमा म्यासेज आयो। आईएमई नम्बरको। रकम आएको रहेछ। पैसा निकाल्नु भन्यो। म छक्क परे। परिचय भएको २ दिनमा भारतीय साथीले पैसा पठायो। विश्वास लागेन्। तर ५ हजार भारतीय रुपैयाँ आएको रहेछ। दिन बित्दै गए। भारतीय साथीसँग समेत कुरा हुँदै गयो। माया–पिरतीका कुरा हुँदै गए।

उतैबाट रिचार्ज आउने। आवस्यक भए, खर्च गर्न पैसा पनि। धेरै पटक पैसा आयो। मलाई पनि उस्को माया साँचो हो, जस्तै लाग्न थाल्यो। हाम्रो दैनिक कुरा हुन्थ्यो। साथीले मेरो आवस्यकता पुरा गर्दै गयो। भारतीय साथीलाई काठमाण्डौ बोलाए। न भन्दै साथी आयो। बोलाएको २ दिनमा साथी २०७४ कार्तिक २५ गते काठमाण्डौ पुगेको थियो। होटलमा बस्न भने। हाम्रो विवाह गर्ने कुरा समेत भएको थियो। म पनि साथीसँगै होटलमा बसे। होटलमा साथीसँग इज्जत साटे छु। साथीलाई विवाह गर्न कर गरे।

काठमाण्डौबाट २ दिनपछि २०७४ को मंसिर महिना थियो, हामी गोरखपुर हुँदै भारत तिर लाग्यौ। गोरखपुरसम्म पुगेको थाहा छ। म बेहोस भए। मुम्बई पुगेका रहेछौ। २ दिनमा रेल मुम्बाई पुगेपछि म अलमलमा परे। उसले होटलमा आराम गर्न भन्यो। थकान थियो। हामी मुम्बईको एक होटलमा गयौ। होटलमा एक महिलासहित ३ जना केटाहरु बसेका थिए। मैले सोधे। तर साथीले मेरो परिवार हो भन्दै जवाफ दियो।

साँझको खाना खायौ। हामी सुत्न गयौ। बिहान साथीले बजार जान्छु भन्दै थियो। साथी निस्कियो। मिनेट, घण्टा बित्यो, साथी  फर्किएन। विवाह गरेर आएकी मलाई होटलमा राखेको थियो। तर साथी साँझ हुँदा पनि फर्किएन्। होटलमा भएकी महिलालाई सोधे, ‘अविराज कता छन् ?’ जवाफ आयो विदेश । महिला भन्दै थिन्, “तलाई ५ लाखमा बेचेर हिड्यो।”

आकाश खसे जस्तै भयो। जीवनमा बज्रापात आएको बल्ल चाल पाए। रोए, कराए। तर कसैले सुने जस्तो पनि गरेनन्। मलाई बेहोस पार्ने सुई लगाइयो। बेहोस भएपछि होटलबाट वेश्यालय लगेका रहेछन्। देहव्यापारका लागि लगेका रहेछन्। म बाध्य भए। मलाई नेपाल फर्किने आशा पनि थिएन। नेपालीहरु आएका पनि थिएनन्।

एक जना नेपाली आएपछि उहाँलाई आफ्नो पीडा सुनाए। उहाँले तपाईको नम्बर दिनुभयो। “हिमाल साउँदले पहिला पनि नेपाली चेलीको उद्दार गर्नु भएको हो,” उहाँले भनु भयो। यो नर्कबाट नेपाल फर्किने आशाले तपाईलाई गुहार मागेकी हुँ। सुनसरीकी नेपाली चेलीको हामीले उद्धार गरेका छौ। उनी घर पुगेकी छन्।

भारतको वेश्यालयमा बेचीएकी नेपाली चेलीसँग हिमाल साउँदले गरेको कुराकानीका आधारमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *