पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग राप्रपाको माग
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै उपभोक्तालाई मारमा पार्ने गरी भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । ‘श्रृंखलाबद्ध रूपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक छ । सरकारको हचुवा, अदूरदर्शी कदमबाट आम उपभोक्ता नराम्रोसँग मारमा परिरहेको छ,’ राप्रपाको माग छ, ‘राप्रपा पटक-पटक भइरहेको मूल्यवृद्धिको विरोध गर्दछ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ । श्रृंखलाबद्ध रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै राप्रपाले फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो ।
साथै उपभोक्ताको हितविपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गर्दछ ।’पेट्रोलियम पदार्थमा राज्यले लिइरहेको करमा पुनर्विचार गर्न पनि राप्रपाले माग गरेको छ । अध्यक्ष लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करको पुनर्विचार गरी मूल्य नियन्त्रण र विद्युत् उत्पादन, खपत र वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन राप्रपा सरकारसँग माग गर्दछ ।’