यसो गर्दा महिलाहरुलाई छिटो यौ न सन्तुष्टि मिल्छ, जान्नुहोस!

मनोरञ्जन

Sharing is caring!

अमेरिकी समाज सेक्सप्रति उदार छ । सेक्सका कुरा खुल्लेआम हुन्छ त्यहां । यो विषयमा धेरै अध्ययन अनुसन्धन र विचारविमर्श पनि हुने गर्छ । अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रुपमै बताइदिन्छन् । अमेरिकी गाइनोकोलोजिस्टहरु महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त छन् ।

यौन विज्ञहरु भन्छन्–जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द लिन्छन् ।यद्यपी महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले आफ्नो पार्टनरलाई खुसी राख्नको लागि नै उनीहरू सेक्स गर्न राजी हुन्छन् । विभिन्न अध्ययनहरूले सेक्ससम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन् भनेर औल्याएको छ ।

यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा सधै ठगिन्छन ।

यद्यपी महिलाहरू पनि सेक्सबाट सकेसम्म आनन्द लिने प्रयास नगर्ने होइनन । र पनि महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञान सेक्स गर्ने पुरुषलाई पनि थाहा नहंदा समस्या देखिन्छ । युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् ।

यौन क्षमता बढाउने काइदा

धेरै दम्पती जोडहिरु सेक्स आनन्द नपाएर छुटेका छन् । यौन सखको लागि धेरै भौतारिएका पनि छन् । यौन सख पाउनको लागि सामानय विधि छन् । जुन सरल र लाभदायक पनि छन् । ति निम्न अनुसार छन् ।

नाइट डेटिङमा जानुस्

सातामा कुनै दिन सेक्स गर्नु हुन्छ भने यसमा थोरै बदलाव ल्याउनुस् । रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ । यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस् ।

सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जानुहोस् ।

गर्भनिरोधक औषधि बदलिरहनुस्

शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ । लामो समयसम्म एउटै किसिमको गर्भनिरोधक औषधि सेवन गर्नाले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न पुग्छ । जसले मानिसको सेक्सप्रतिको रुचि घटाउँछ । त्यसैले गर्भनिरोधक औषधि र विधिमा परिवर्तन गरिरहनुपर्छ ।

अन्य औषधि परिवर्तन

गर्भनिरोधक औषधिमात्र होइन, रक्तचाप, पेटसम्बन्धी रोग, एन्जाइटी, डिप्रेसनलगायत लामो समयसम्म औषधि खानुपर्ने समस्या भएका मानिसले स्वस्थ यौनजीवनका लागि चिकित्सकको सल्लाहमा बेलाबेलामा औषधिको ब्रान्ड परिवर्तन गर्नुपर्छ । एउटै ब्रान्डको औषधि लामो समय खानाले शरीरमा सेक्स हर्मोनको उत्सर्जनमा कमी आउँछ ।

घरको काम बाँड्नुस्

राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस् । यसो गर्दा आत्मीयता बढ्छ । रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ ।

ढोका बन्द गर्नुस्

सुत्ने बेलामा कोठाको चुकुल लगाउने गर्नुस् । कहिलेकाहीँ नराम्रो सपना देखेर छोराछोरी तर्सिंदा सीधै तपाईंको कोठामा आउन सक्छन् । ढोका खुला हुँदा घरमा पालेका बिरालो वा कुकुर तपाईंको कोठामा छिर्न सक्छन् । जसले गर्दा तपाईंको सेक्स मुड बिग्रिन सक्छ ।

सेक्सलाई रुटिनमा राख्नुस्

दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस् । यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ ।

लुब्रिकेन्ट जगडा राख्नुस्

प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन् । उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस् ।

सेक्सअघि तनावरहित हुनुस्

तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।

चिल्लो कम खानुस्

चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।

यौनवद्र्धक खाना खानुस्

एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।

सम्बन्धको निरीक्षण गर्नुस्

बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ । एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन् ।

व्यायाम गर्नुस्

व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।

स्वास्थ्यबारे सचेत रहनुस्

छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।

यौन चिकित्सकलाई भेट्नुस्

अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *