सबै केटाहरूलाई संस्कारी केटी चाहिने रे, म एक्लै कहा कहा भ्याउने ?

मनोरञ्जन

Sharing is caring!

चर्चित गायिका ज्योति मगरलाई नचिन्ने सायद थोरै नै होलान । यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो । गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇 *****

 

 

 

 

 

 

 

शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् । उनले सुरुमाती चरणमा माया मारेर बोलको लोकदोहोरी गीतमा अभिनय गरेपछि ज्योति बहुप्रतिभाकी धनी भनेर आम दर्शकहरुको मन जितेकी थिईन । लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇👇 *****

त्यसैले त डान्सिङ विथ दि स्टार्स नेपाल उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् । शोबाट बाहिरिएपछि नयाँ गीतसंगीतको तयारीमा रहेकी गायिका मगरलाई फ्यानले विवाह कहिले हेर्न पाउने छन भन्ने प्रश्नमा उनले जवाफ दिएकी छिन अब त मलाई पनि विवाहको रहर जागिसक्यो ।

 

 

 

 

 

 

 

उनै ज्योतिले बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा दिने अभिब्यक्तिले सामाजिक सञ्जाल तात्ने पनि गर्छ । भर्खर मात्र उनले सामाजिक सञ्जालमा फेरी त्यस्तै सामाजिक सञ्जाल तात्ने अभिब्यक्ती दिएकी छिन । मंगलबार बिहान मात्र उनले आफ्नो सामजिक सञ्जालमा सबै केटाहरू लाई राम्री,सोझी,इमान्दार र संस्कारी केटी चाहिने रे

अनी म एक्लै कहा कहा भ्याउने भनेर स्टाटस राखेपछि धेरैले आफ्नो कृया प्रतिकृया दिईरहेका छन । उनको स्टाटसलाई सिरियस्ली लिनु भन्दा पनि धेरैले मजाकको रुपमा लिएर कमेन्ट गर्ने गरेका छन । ज्योति पनि सामाजिक सञ्जालमा निकै सक्रिय कलाकार हुन । उनले अहिले सम्म फेसबुकमा एक लाख ३८ हजार भन्दा धेरै फ्यान फ्लोरस रहेको छ ।

Leave a Reply

Your email address will not be published.