काठमाडौंमा भित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको….

मनोरञ्जन

Sharing is caring!





काठमाडौं, असार ९ – काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एक जना महिला भित्रिवस्त्र च्यातिएको अवस्थामा मृत अवस्थामा फेला परेकी छन्।

 

बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित एक निर्माणाधीन घरमा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

 

मृत फेला पर्नेमा ४१ वर्षीय फुलमाया सुनुवार छिन्। उनको शव बुधबार दिउँसो करिब २ बजेतिर फेला थियो। उनी सोही निर्माणाधीन घरमा ज्यामी काम गर्थिन्।

 

प्रहरी उपरीक्षक मैनालीका अनुसार घटनाको अनुसन्धानको लागि एक जनालाई नियन्त्रणमा पनि लिएको छ। उनको परिचय खुलाइसकेको छैन।




Leave a Reply

Your email address will not be published.