सुरु सुरु कति गाह्रो हुन्छ त्यस पछि स्वोर्ग मै पुगे जस्तो हुन्छ हामी केटी लाई मात्र होकी केटा लाइनी हुन्छ यस्तो ?
हुन त सरलालाई उसको पतिको देहान्तलगत्तै समाजको हेर्ने दृष्टिकोण फरक भैसकेको थियो। उसको हरेक पाइलाहरू गन्थे मान्छेहरू। खास गरेर आफ्नै आफन्तहरू कहाँ गईरु के खाईरु हरेक समय चियो चर्चा गर्ने त्यो समाजले अब उसको भविष्य के त भनेर सोच्दैनन्।
उमेर पनि नपुग्दै आमा बाबाले राम्रो खानदानबाट आएको सम्बन्ध छोड्नै हुन्न भनेर गरेको विवाह ३ वर्ष पनि नपुग्दै सकियो। ऊ एक्लै भई। ऊ डढेँलो लागिसकेपछिको जंगलजस्ती उराठ र उजाड भएकी छे। ४र५ महिना त उसलाई घर बाहिर पनि देखिएन। हामी कसैले पनि उसको खुट्टामा ऊभिएर हेर्न सक्दैनौँ किनकि चोट लाग्नेलाई मात्र थाहा हुन्छ कति दुख्छ भनेर, अरुले बस् कल्पना गर्ने हो यस्तो होला भनेर।
यदि यही ठाउँमा ऊ नभएर उसको पति भएको भए त्यो समाज अनि घर परिवारले अर्को बिहेको सुझाव दिइसक्थे। तर यही त उसको कसैलाई पर्वाह छैन। बस् कहाँ गएर यसले नराम्रो पाइला चाल्छे र फैलाउँदै हिडौँ भन्नेहरू मात्रै छन्।
भन्नेहरू त पोई खाई कस्ती अलच्छिनी पनि भन्दै हिँडेका छन्। तर कोही पनि उसलाई कस्तो छरु कसरी जीवन बिताइरहेकी छेरु सोध्दैनन्। एउटा ढुंगामा अबिर छर्किदियो भने देउता सम्झेर पूज्ने हाम्रो समाज। त्यही समाजअगाडि घटिरहेका दर्दनाक दृष्यहरूलाई खुलेरै बेवास्ता गरिदिन्छन्। त्यही एउटा दर्दनाककी पात्र सरलालाई पनि समाजले उनीहरूको परिकल्पना भित्रकी पात्र बनाइरहेका छन्।