रानु मण्डलको चकित पार्ने भिडियो भाइरल

रानु मण्डलको चकित पार्ने भिडियो भाइरल, फ्यानले छोएपछि भनिन्- मलाई हा’त न’लगाऊ

मनोरञ्जन

Sharing is caring!

नयाँ दिल्ली – पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानु मण्डल सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आइन् । उनको सङ्घर्षको कथाका कारण धेरैले रानुप्रति सहानुभूति देखाए ।

उनको चर्चा चलिरहँदा हालै रानुको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोले धेरैलाई चकित बनाइदिएको छ । हालै रानु मण्डल सुपर मार्केटमा सपिङ गर्न पुगिन् । त्यही सिलसिलामा रानुका फ्यानले उनलाई छुँदै बोलाए र सेल्फी खिच्न भने । त्यही बेला रानु मण्डल भड्किइन् । भिडियोमा रानु मण्डल आफ्ना फ्यानप्रति निराश भएको देख्न सकिन्छ ।

भिडियोमा रानु मण्डलले ‘मलाई न’छोऊ, म सेलिब्रेटी भइसकेँ’ भनेको बताइएको छ । इन्टरनेटमा भाइरल भइरहेको यो भिडियोबारे दर्शकले अनेक टिकाटिप्पणी गरेका छन् ।

रानु केही महिनाअघि रातारात स्टार बनेकी थिइन् । उनले लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ स्टेशमा बसेर गाएकी थिइन् । यो गीत भाइरल भएपछि हिमेश रेशमियाले एक गीतमा मौका दिएका थिए । त्यसपछि उनी थप चर्चित बनेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *