कलाकारले पनि दिएनन् आस्था राउतलाई साथ

मनोरञ्जन

Sharing is caring!

काठमाडौं: विमानस्थलमा भएको विवादपछि फेसबुक लाइभमा आएर प्रहरी प्रशासनविरुद्ध गालिगलौजमा उत्रिएकी गायिका आस्था राउतलाई उनकै क्षेत्रका सहयात्रीहरुले पनि साथ नदिने देखिएको छ ।

विमानस्थलमा भएको उक्त विवादलाई लिएर फेसबुकमै प्रहरीमाथि जाइलागेकी आस्थाको विमानस्थलको सीसीटिभी फुटेज बाहिरीएसंगै अन्य कलाकारहरुको प्रतिक्रिया पनि बाहिर आउन थालेको छ ।

चर्चित गायक राजेश पायल राईले गायिका राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच भएकाृ विवादलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत आस्थालाई संयुम बन्न सुझाव दिएका छन् । उनले भारत लगायतका अन्य देशमा पनि विमानस्थलमा कडा चेकजाँच हुने भन्दै चेकजाँचकै विषयलाई लिएर आवेगमा नआउन सुझाएका छन् ।

उनले भारतका अभिनेता शाहरुख खानसंग भएको एक घट्नाको उदाहरण दिँदै विमानस्थल संवेदनशील ठाउँ भएको र जो कोहीको चेकजाँच हुन सक्ने उल्लेख गरेका छन् ।

‘एयपोर्टमा शाहरुख खानलाई त झन् कट्टुमै चेक गरिएको थियो, त्यो उसको अधिकार हो,’ उनले भनेका छन्, ‘अब रह्यो पुलिसले कस्तो ब्यवहार गर्‍योरु चेकिङमा कफी, पानी लान पाइँदैन, अरु त अरु वालेट (मनी ब्याग) पनि पाइँदैन।’

आस्थालाई राम्री गायिकाको संज्ञा दिँदै उनले भनेका छन्, ‘आफ्नो इज्जत ठाउँमा राख्नु पर्छ। माया लिनेले घृणा पनि सहनु सक्नुपर्छ। तब न हामी कलाकार, उसै त हामी नाथे कलकार। धेरै रुन्ची नबन अब तिमी ठूली भइ सक्यौ।’

गायक राईले आस्थासँगै प्रहरी प्रशासन पनि सुध्रिन जरुरी रहेको बताएका छन्। ‘आस्था र एयरपोर्टमा खटिएका कर्मचारी दुवै सुध्रिन आवश्यक छु,’ उनले भनेका छन्।

गायक राई जस्तै हास्य कलाकार दीपकराज गिरीले पनि आस्थालाई उक्त विवादमा फस्ने भन्दा पनि माफी मागेर विवाद समाधान गर्न सुझाव दिएका छन् । आफ्नै क्षेत्रका सहकर्मीबाट समेत सहयोग नपाएपछि गायिका राउतमाथि झनै नैतिक दवाब परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *